डुम्रेमा बस र म्याजिक ठोक्किदा दुई जना घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    डुम्रेमा बस र म्याजिक ठोक्किदा दुई जना घाइते

    खबरपुञ्ज संवाददाता

    २३ भाद्र २०८२, मंगलवार

    दमौली, २४ भदौ । तनहुँको बन्दीपुर गाउँपालिका-४ सानो डुम्रे स्थित मोति अस्पताल मंगलबार बिहान बस र म्याजिक दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।

    डुम्रेबाट नारायणगाढ तर्फ जाँदै गरेको ना१ज ८३२८ नम्बरको म्याजिक जिपलाई सोही दिशा जाँदै गरेको ना८ख ८४१३ नम्बरको बसले पछाडीबाट ठक्कर दिँइ दुर्घटना हुँदा म्याजिक जिपमा सवार दुई जना घाइते भएको प्रहरीले जनाएको छ।

    घाइते हुनेमा तनहुँ बन्दिपुर गाउँपालिका- १ बस्ने बर्ष ४५ की रिता पोख्रेल र गोरखाको गोरखा नगरपालिका- ७ बस्ने बर्ष ३२ को सुवास कुमाल रहेका छन् । घाइतेमध्ये रिताको अवस्था गम्भीर रहेकाले चितवन पठाइएको छ ।