पोखरामा निषेधाज्ञा थप नगर्न ध्यानाकर्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    पोखरामा निषेधाज्ञा थप नगर्न ध्यानाकर्षण

    खबरपुञ्ज संवाददाता

    ८ भाद्र २०७७, मंगलवार

    पोखरा : कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञा थप नगर्न पोखरा चेम्बर अफ कमर्सले ध्यानाकर्षण गराएको छ।

    पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारले मंगलबार विज्ञप्ति जारी गर्दै निषेधाज्ञा लामो समयसम्म कायम रहँदा राष्ट्रिय अर्थतन्त्रमा गम्भीर असर पार्ने भएकोले यसको अवधि थप नगर्न प्रशासनको ध्यानाकर्षण गराउनुभएको हो ।

    सानो आकारको अर्थतन्त्र भएको मुलुकले लामो समयसम्मको निषेधाज्ञा धान्न नसक्ने विज्ञप्तिमा उल्लेख छ। कोरोना महामारी बीचमा पनि नेपाल सरकारले लागू गरेको स्वास्थ्य तथा सुरक्षा मापदण्ड एवम् सावधानीलाई पालना गर्दै उत्पादन, व्यापार व्यवसायलाई नियमित गर्न पाउनुपर्ने उल्लेख गर्दै विज्ञप्तिमा निषेधाज्ञाको विकल्पमा स्वरुप परवर्तन गरी यसको रोकथामका अन्य सुरक्षा सावधानी अपनाउनुपर्ने भनिएको छ।