आलेले ‘नेपालमा ऋषिङको परिचय’ पुस्तक प्रकाशित गर्ने, पुस्तकबाट आउने रकम विपन्नमा लगानी गरिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आलेले ‘नेपालमा ऋषिङको परिचय’ पुस्तक प्रकाशित गर्ने, पुस्तकबाट आउने रकम विपन्नमा लगानी गरिने

    खबरपुञ्ज संवाददाता

    ३० भाद्र २०८२, मंगलवार

    दमाैली, ३१ भदाै । झुलबहादुर आले स्मृति प्रतिष्ठानका अध्यक्ष कमलबहादुर आलेले पुस्तक विक्री गरी आर्थिक रुपमा विपन्नलाई सहयोग गर्ने भएका छन् । आलेले व्यक्तिगत रुपमा ‘नेपालमा ऋषिङको परिचय’ नामक पुस्तक प्रकाशन गर्न लागेका हुन् ।

    पुस्तकमा ऋषिङको ऐतिहासिक, सांस्कृतिक, धार्मिक स्थलहरुको बारेमा समेटिने उनले जानकारी दिएका छन् । पुस्तक प्रकाशित गरी विक्री हुने रकमबाट ऋषिङ गाउँपालिकाभित्र रहेका असहाय नागरिकको व्यवस्थापन गर्ने लक्ष्य राखिएको उनले बताए । उनले भने, “पालिकाका सबै वडामा रहेका असहाय ज्येष्ठ नागरिक र सहाराविहिन बालबालिकालाई साहारा दिने लक्ष्य राखेको छ । पुस्तक विक्री गरी आउने रकम कोष बनाएर वार्षिक रुपमा नै सहाराविहिनलाई आश्रयस्थलको व्यवस्था गर्नेछु ।”

    पालिकाभित्र रहेका असहाय ज्येष्ठ नागरिक र सहाराविहिन बालबालिकाको तथ्याङ्क सङ्कलनका लागि गाउँपालिकासँग सहकार्य गरेको उनले बताए ।

    प्रतिष्ठानका अध्यक्ष आलेले प्रतिष्ठानबाट पालिकाभित्रका विपन्न ज्येष्ठ नागरिकलाई विद्युतीय चुलो, न्यानो कपडा वितरण, निःशुल्क स्वास्थ्य परीक्षण लगायतका मनकारी काम गरिरहेका छन् ।