आफ्नै पार्टीका अध्यक्षलाई चुमानले भने : देश भव्य बनाउन लागाै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आफ्नै पार्टीका अध्यक्षलाई चुमानले भने : देश भव्य बनाउन लागाै

    खबरपुञ्ज संवाददाता

    ३० भाद्र २०८२, मंगलवार

    दमाैली, ३१ भदाै । तनहुँकाे आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले पार्टी कार्यालय भन्दा पहिला देश बनाउने अभियानमा लाग्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । नेकपा माओवादी केन्द्र तनहुँका सचिव समेत रहेका चुमानले मङ्गलबार सामाजिक सञ्जाल मार्फत् भनेका छन्, ‘पार्टी कार्यालय बन्दै गर्ला देश भब्य बनाउन लागौन ।’

    प्रचण्डले जेनजी आन्दोलनका क्रममा जलाइएको पार्टी कार्यालय मंगलबार निरीक्षण गर्दै पार्टी कार्यालय भव्य बनाउने बताएपछि चुमानले उक्त सुझाव दिएका हुन् ।