पहिरोले फेरि अवरुद्ध भयो मुग्लिङ-नारायणगढ सडक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पहिरोले फेरि अवरुद्ध भयो मुग्लिङ-नारायणगढ सडक

    खबरपुञ्ज संवाददाता

    ४ आश्विन २०८२, आईतवार

    चितवन, ५ असाेज । नारायणगढ–मुग्लिङ सडकखण्डको तुइन खोलामा तीन दिनपछि बल्लतल्ल आइतबार एकतर्फी सञ्चालन भएको राजमार्ग साँझपख फेरि अवरुद्ध भएको छ। राजमार्ग अवरुद्ध भएपछि प्रहरीले वैकल्पिक बाटो प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

    साँझ ८ बजे पुन: पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ।

    चितवन प्रहरीका अनुसार साँझ ८ बजेपछि निरन्तर पहिरो खसिरहेकाले पन्छाउने अवस्था छैन। रातको समयमा झन् जोखिम हुने भएकाले  बेलुका ९ बजेबाट बिहान ५ बजेसम्म आवागमन रोक्न सूचना जारी भएको थियो। तर,पहिरो खसेपछि राजमार्ग नै अवरुद्ध भएको हो।

    शुक्रबार साँझदेखिआइतबार साँझसम्म राजमार्ग अवरुद्ध हुँदा हजारौँ सवारीसाधन बाटोमै अलपत्र परेका थिए।