तुइन खोलाको पहिरोमा अलपत्र परेका यात्रुहरूलाई पुल जिप युवा क्लबद्वारा निःशुल्क खाना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    तुइन खोलाको पहिरोमा अलपत्र परेका यात्रुहरूलाई पुल जिप युवा क्लबद्वारा निःशुल्क खाना

    खबरपुञ्ज संवाददाता

    ८ आश्विन २०८२, बिहीबार

    दमाैली, ९ असाेज । तनहुँको आँबुखैरेनी-४, संगम टोलस्थित पुल जिप युवा क्लबले तुइन खोलामा गएको पहिरोका कारण अलपत्र परेका यात्रुहरूलाई निःशुल्क खानाको व्यवस्था गरेको छ।नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत तुइन खोलामा हालै गएको ठूलो पहिरोले सडक अबरुद्ध भएपछि सयौं यात्रुहरू बाटोमै रोकिएका थिए।

    यात्रुहरूका लागि तत्काल राहतस्वरूप क्लबले निःशुल्क भोजन सेवा सञ्चालन गरेको हो।क्लबका अध्यक्ष विजय गुरुङका अनुसार उक्त राहत कार्य क्लबका सदस्यहरूको सक्रिय सहभागिता र स्थानीय सहयोगमा सम्भव भएको हो।

    उनका अनुसार सयौं यात्रुहरूलाई खाना खुवाइएको छ र आवश्यकताअनुसार सेवा जारी राखिनेछ।