बेलायतमा भानुको दर्गाहा मस्जिद प्रदर्शित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बेलायतमा भानुको दर्गाहा मस्जिद प्रदर्शित

    खबरपुञ्ज संवाददाता

    १० आश्विन २०८२, शनिबार

    दमौली, ११ असोज । बेलायतको म्यानचेस्टरमा तनहुँको ऐतिहासिक दर्गाहा मस्जिद प्रदर्शित गरिएको छ । भानु नगरपालिकास्थित सम्जुर मझगाउँमा रहेको दर्गाहा मस्जिद म्यानचेस्टरमा प्रदर्शित गरिएको हो ।

    बेलायतको म्यानचेस्टरमा रहेका नेपाली समुदायले म्यानचेस्टर विश्वविद्यालयको प्रदर्शनी हलमा नेपाल डे को अवसरमा आज शनिबार नेपाली ऐतिहासिक धरोहरहरूको प्रदर्शनी गरिएका थिए । त्यसक्रममा दमौलीबाट हाल सपरिवार म्यानचेस्टरमा बसोबास गर्ने नुर मोहम्मद मियाको सक्रियतामा सात सय वर्षको इतिहास बोकेको मस्जिदको बारेमा प्रदर्शित गरिएको जनाइएको छ ।