प्रधानमन्त्रीको दशैं – टीका लगाइनन्, सहिद परिवार भेटिन्
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रधानमन्त्रीको दशैं – टीका लगाइनन्, सहिद परिवार भेटिन्

    खबरपुञ्ज संवाददाता

    १५ आश्विन २०८२, बिहीबार

    काठमाडौं, १६ असाेज । प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको विजयादशमीमा टीका नलगाई जेनजी आन्दोलनमा ज्यान गुमाएका सहिद परिवारलाई भेटेकी छन् ।

    प्रधानमन्त्री कार्कीले बागलुङ घर भई काठमाडौंको वनस्थली बस्दै आएका मृतक सौरन किशोर श्रेष्ठको परिवार, नागार्जुन–३ की मृतक कान्छी नगरकोटीको परिवार र कीर्तिपुरस्थित मैत्रीनगरमा बस्ने मृतक बुद्धिबहादुर तामाङको परिवारलाई भेटेकी सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्री कार्कीले यसअघि नै ‘जेनजी आन्दोलन’ मा मारिएकाहरूको सम्झनामा यसपालिको दशैंमा टिका नलगाउने घोषणा गरेकी थिइन् ।

    प्रधानमन्त्री कार्कीसँगै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पनि सहिद परिवारलाई भेट्न पुगेका थिए । प्रधानमन्त्रीसँगै आफूले पनि विजया दशमीमा टीका नलगाएको उनले बताए ।

    सहिद परिवारसँग भेटघाट र कुराकानी भएको सञ्चारमन्त्री खरेलले सञ्चारकर्मीहरूलाई बताएका थिए । उनले सहिद परिवारको इच्छा सहिदको रगतले न्याय पाउनुपर्छ भन्ने  रहेको बताए ।