तनहुँ : तनहुँको देवघाट गाउँपालिकाका २५ जनाको स्वाब सङ्कलन गरी परीक्षण गरिएकामा एक जनामा पोजिटिभ देखिएको छ । बाँकी २४ जनाको रिपोर्ट भने नेगेटिभ रहेको गाउँपालिकाले जनाएको छ ।
होम क्वारेन्टिन, क्वारेन्टिन र कन्ट्याक्ट ट्रेसिङबाट चार महिला र २१ पुरुषको स्वाब सङ्कलन गरी भरतपुर कोरोना अस्पतालको प्रयोगशालामा परीक्षण गरिएकामा देवघाट गाउँपालिका–५ निवासी ५१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदीपकुमार बुढाथोकीले जानकारी दिनुभयो । देवघाटमा बिहीबार एक जना कोरोना सङ्क्रमित थपिएसँगै गाउँपालिकामा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई पुगेको छ ।