भादगाउँमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री सहित दुई घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भादगाउँमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री सहित दुई घाइते

    खबरपुञ्ज संवाददाता

    ३ कार्तिक २०८२, सोमबार

    दमौली, ३ कात्तिक । व्यास नगरपालिका-१ भादगाउँमा आइतबार राति मोटरसाइकलको ठक्करबाट पैदलयात्री सहित दुई जना घाइते भएका छन् ।

    दमौलीबाट छाब्दितर्फ जादै गरेको ग.२३प ५७०० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ऋषिङ गाउँपालिका-१ खुदी घर भई हाल भादगाउँ बस्ने ३४ वर्षीय धन बहादुर थापा र मोटरसाइकलमा सवार १८ वर्षीया कृपा दरै घाइते भएको प्रहरीले जनाएको छ । थापाको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको र दरैलाई पोखरा रिफर गरिएको छ ।