


दमौली, ९ कात्तिक । नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी भोलि सोमबार दमौली ल्याइँदैछ । पोखरा एभेन्जर्सले गण्डकी प्रदेशका विभिन्न जिल्लामा ट्रफी परेड गर्दैछ ।
दमौली बजारमा ट्रफी सहित र्याली गरिने पोखरा एभेन्जर्सले जनाएको छ ।
काठमाडौबाट भरतपुर विमानस्थल हुँदै ट्रफी नवलपुरको गैडाकोट पुर्याइनेछ । गैडाकोट कुरिनटार हुँदै मनकामना मन्दिर पुर्याइने ट्रफी त्यहॉबाट दमौली ल्याइनेछ । दमौलीमा र्याली पश्चात् ट्रफी स्याङ्जाको चापाकोट लगिनेछ ।
