शुक्रबार बिहान मुग्लिन–पोखरा सडकखण्डमा १७६ सवारीसाधनका चालकलाई सचेतना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्रबार बिहान मुग्लिन–पोखरा सडकखण्डमा १७६ सवारीसाधनका चालकलाई सचेतना

    खबरपुञ्ज संवाददाता

    १३ कार्तिक २०८३, शुक्रबार

    तनहुँ, १२ कात्तिक । शुक्रबार बिहान मुग्लिन–पोखरा सडकखण्डमा १७६ वटा सवारीसाधनका चालकलाई ट्राफिक नियमसम्बन्धी सचेतना गराइएको छ।

    जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँको संयुक्त पहलमा सञ्चालन गरिएको कार्यक्रममा ४२ वटा दुईपाङ्ग्रे, ५९ वटा साना चारपाङ्ग्रे र ७५ वटा ठूला सवारीसाधनका चालकलाई सचेत गराइएको हो।

    कार्यक्रममा सडकको अवस्था, लेन अनुशासन र ट्राफिक नियमको पालना गर्नुपर्ने विषयमा चालकलाई जानकारी गराइएको प्रहरीले जनाएको छ।

    सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्रा सुनिश्चित गर्ने उद्देश्यले प्रहरीले मुग्लिन–पोखरा सडकखण्डमा चालक सचेतना कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।