व्यासका करार कर्मचारी नहटाइने, नयॉ दरबन्दी सिर्जना नगर्ने !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासका करार कर्मचारी नहटाइने, नयॉ दरबन्दी सिर्जना नगर्ने !

    खबरपुञ्ज संवाददाता

    १६ कार्तिक २०८२, आईतवार

    दमौली, १६ कात्तिक । व्यास नगरपालिकाले करारका कर्मचारी नहटाउने भएको छ । आइतबार व्यासको कार्यपालिका बैठकमा अस्थायी, करार कर्मचारीको दरबन्दी र मितव्ययीता सम्बन्धमा अध्ययन समितिले तयार गरेको प्रतिवेदन सुशासन समितिमार्फत पेश भई छलफल भएको छ ।

    हालका जनप्रतिनिधि आउनुअघि नै नियुक्त भएका लामो समयसम्म कार्यरत कर्मचारीहरु कार्यरत रहेको अवस्थामा विद्यमान सरकारको निर्देशनलाई मध्यनजर दिई अब आइन्दा दरबन्दी सृजना नगर्ने, रिक्त स्वीकृत दरबन्दमा प्रदेश लोकसेवा आयोगसँग माग गर्ने निर्णय भएको प्रवक्ता सुरेश थापाले जानकारी दिए ।

    बैठकले अत्यावश्यक सेवा सञ्चालन गर्न आवश्यक कानुन बमोजिम संगठन संरचना सम्बन्धी सर्वेक्षण प्रतिवेदन २०८२ मार्ग भित्र पेश गर्न कार्यालयलाई निर्देशन दिने र आगामी नगर सभाबाट आवश्यक निर्णय लिने निर्णय गरेको छ ।

    प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा गठित समितिले नगरपालिकाका एक सय १४ अस्थायी कर्मचारी हटाउनुपर्ने प्रतिवेदन सुशासन समितिमा पेश गरेको थियो ।