देवघाटमा बिहान चार र साँझ तीन घण्टा पसल खोल्न पाइने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    देवघाटमा बिहान चार र साँझ तीन घण्टा पसल खोल्न पाइने

    खबरपुञ्ज संवाददाता

    ११ भाद्र २०७७, शुक्रबार

    तनहुँ : तनहुँको देवघाट गाउँपालिकाले बिहान चार र साँझ तीन घण्टा पसल खोल्न दिने निर्णय गरेको छ । गाउँपालिकाले दैनिक जीवनमा अत्यावश्यक पर्ने खाद्यान्नका पसलहरु बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ३ बजेदेखि ६ बजेसम्म खोल्न दिने निर्णय गरेको हो ।

    साथै गाउँपालिका बाहिर अत्यावश्यक खाद्यान्न सामग्री लिन जानुपर्ने भएमा बिहान ५ बजेदेखि ८ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्मलाई समय निर्धारण गरिएको प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले जानकारी दिनुभयो । गाउँपालिकाले आन्तरिक रुपमा गर्नुपने निर्माण सम्बन्धी कामलाई पनि खुल्ला गरेको छ । तर त्यसका लागि वडा कार्यालय र इलाका प्रहरी कार्यालयसँग समन्वय गर्नुपर्ने सुवेदीले बताउनुभयो ।

    निर्माण सम्बन्धी काम गर्दा मास्क, स्यानीटाइजर, साबुपानी प्रयोग गरी सामाजिक दूरी कायम गर्ने र धेरै जना संलग्न भई गर्नुपर्ने निर्माण कार्यमा संलग्न जनशक्ति एक ठाउँमा बस्नुपर्ने सुवेदीले बताउनुभयो ।

    गाउँपालिकाले कोरोनाको जोखिम बढ्न सक्ने परिस्थितिलाई ध्यानमा राखेर अनावश्यक रुपमा हिँडडुल नगर्न समेत आग्रह गरेको छ ।