घॉसीकुवामा मोटरसाइकल दुर्घटना, दुई जना घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    घॉसीकुवामा मोटरसाइकल दुर्घटना, दुई जना घाइते

    खबरपुञ्ज संवाददाता

    २७ कार्तिक २०८२, बिहीबार

    दमौली, २७ कात्तिक । व्यास नगरपालिका-१२ घॉसीकुवामा बिहिबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।

    दमौलीबाट डुम्रेतर्फ जादै गरेको ग २३ प ९५४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा व्यास नगरपालिका-१३ बेलवास बस्ने २० वर्षीय निजिन मल्ल र व्यास नगरपालिका-१ भादगाउँ बस्ने १९ वर्षीय जगत बाचे मगर घाइते भएको प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए । जगतको अवस्था गम्भीर रहेको उनले बताए ।