एकीकरणपछि बनेको नेकपामा तनहुँबाट एक जनामात्रै केन्द्रीय सदस्य
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    एकीकरणपछि बनेको नेकपामा तनहुँबाट एक जनामात्रै केन्द्रीय सदस्य

    खबरपुञ्ज संवाददाता

    २७ कार्तिक २०८२, बिहीबार

    दमौली, २७ कात्तिक । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित १० दल एकीकरणपछि गठन भएको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा १३८ सदस्यीय केन्द्रीय समिति रहने गरी निर्वाचन आयोगमा सूची पेश भएको छ ।

    उक्त दलको संयोजकमा तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजकमा तत्कालीन नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल प्रस्तावित छन् ।

    सो पार्टीको केन्द्रीय सदस्यमा तनहुँबाट श्रीराम ढकाल मात्रै अटेका छन् । उनी नेकपा माओवादीको कोषाध्यक्ष थिए ।

    तत्कालिन नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा तनहुँबाट हरिबहादुर चुमान, आशा कोइराला, ओमकुमारी पौडेल थिए । त्यस्तै नेकपा एकीकृत समाजवादीबाट विद्यानाथ ढकाल, कलिला खान केन्द्रीय सदस्य थिए ।