


दमौली, ११ मङ्सिर । व्यास नगरपालिका–१४ स्थित प्रसिद्ध छाब्दी वाराही मन्दिरमा शनिबार भक्तजनकाे घुइँचाे लागेकाे छ । मनले चिताएको पूरा हुने धार्मिक विश्वासका साथ यहाँ विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् ।
सदरमुकाम दमौलीबाट सात किलोमिटर पक्की सडक यात्रा गरेपछि मन्दिर पुगिन्छ । मन्दिर गत वर्षमात्रै पुनर्निर्माण गरी आकर्षक बनाइएको छ । गण्डकी प्रदेश सरकारको रु २४ लाख आर्थिक सहयोग र छाब्दीवाराही विकास कोषको आन्तरिक कोष रु ४६ लाख गरी रु ७० लाखको लागतमा मन्दिरको पुनर्निर्माण गरिएको छ ।




