झुक्किए भीम रावल, भने- नेकपा एमालेले बहुमत ल्याउँछ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    झुक्किए भीम रावल, भने- नेकपा एमालेले बहुमत ल्याउँछ

    खबरपुञ्ज संवाददाता

    १४ मंसिर २०८२, आईतवार

    पोखरा, १४ मंसिर । लामो समय नेकपा एमालेको राजनीति गरेर हालै मात्र नयाँ दलमा प्रवेश गरेका नेता भीम रावल भाषणका क्रममा झुक्किएका छन्।

    आइतबार कास्कीको पोखरामा आयोजित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देशसभालाई सम्बोधन गर्ने क्रममा नेता रावलको जिब्रो लर्बराएको हो।

    उनले आफ्नो वर्तमान पार्टीको साटो भुलवश पुरानै पार्टी ‘नेकपा (एमाले)’ को नाम उच्चारण गर्दै एमालेकै बहुमत आउने दाबी गरे।

    पोखराको मानवअधिकार चोकमा आयोजित सभामा बोल्दै रावलले भने, ‘मलाई पूर्ण विश्वास छ, आउने निर्वाचनमा नेकपा (एमाले) को बहुमतलाई, नेकपा (एमाले) को यात्रालाई कसैले रोक्न सक्ने, छेक्न सक्ने छैन।’

    उनले यति भनिसक्दा सभामा उपस्थित सहभागीहरूले ताली बजाएका थिए। तर, लगत्तै आफ्नो त्रुटि महसुस गर्दै उनले बोली सच्याए। उनले तत्कालै सच्याउँदै भने, ‘नेपाली कम्युनिस्ट पार्टीलाई कसैले रोक्न सक्ने, छेक्न सक्ने छैन।’