तनहुँ जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्डमा विजेता खेलाडीलाई नगद पुरस्कार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    तनहुँ जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्डमा विजेता खेलाडीलाई नगद पुरस्कार

    खबरपुञ्ज संवाददाता

    २४ मंसिर २०८२, बुधबार

    दमौली, २४ मंसिर । ऑबुखैरेनी गाउँपालिकाले तनहुँ जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा पदक विजेतालाई नगद सहित सम्मान गरेको छ।

    गाउँपालिकाले बुधबार एक कार्यक्रमको आयोजना गरी पदक विजेता विद्यार्थीलाई नगद सहित सम्मान गरेको हो । जिल्ला खेलकुद विकास समितिले भिमादमा आयोजना गरेको राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा ऑबुखैरेनीले एक स्वर्ण, एक रजत र तीन कास्य पदक जितेको थियो ।

    स्वर्ण पदक जित्ने एक जनालाई २० हजार, रजत पदक प्राप्त गर्ने एक जनालाई १० हजार र कास्य पदक जित्ने तीन जनालाई ५ हजारका दरले नगद प्रदान गरिएको छ । यस्तै तनहुँ फुटबल संघद्वारा आयोजित एन्फा यु- १४ छात्र अन्तर विद्यालय फुटबल प्रतियोगितामा विजेता विद्यार्थीहरुलाई नगद रु ३० हजार प्रदान गरिएको छ ।