बेनीमित्रका १८ विद्यार्थीको पोषण अवस्थाको लेखाजोखा सम्पन्न
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बेनीमित्रका १८ विद्यार्थीको पोषण अवस्थाको लेखाजोखा सम्पन्न

    खबरपुञ्ज संवाददाता

    २८ मंसिर २०८२, आईतवार

    दमौली, २८ मंसिर । व्यास नगरपालिका- १३ बेनीकोट स्थित बेनीमित्र प्राथमिक विद्यालयका ५ वर्ष मुनिका १८ जना विद्यार्थीहरुको पोषण अवस्थाको लेखाजोखा गरिएको छ। साथै, सुनौला हजार दिनका आमाहरूको पोसण लेखाजोखा अन्तर्गत १२ जना आमाहरुको पोषण अवस्थाको लेखाजोखा गरिएको छ।

    पोखरीभञ्ज्याङ् स्वास्थ्य चौकी प्रमुख सन्तोष सोतीले बालवालिकाको पोसण स्थिति मूल्यांकन गर्ने प्रक्रियामा आहार, स्वास्थ्य, र पोषण सम्बन्धि जानकारी संकलन गरि त्यसको आधारमा पोषण स्थिति मूल्यांकन गरिने बताए।

    स्वयंसेविका हिरामामाया आलेले स्वास्थ्य र पोसण सम्बन्धि शिक्षा प्रदान गर्न १३ का गाउँटोल बस्तीहरुमा आफ्नो सक्रिय भूमिका रहेको बताइन्।

    विद्यालयका प्रध्यानाध्यापक किशोर सुनामले १८ जना विद्यार्थी र १२ जना आमाहरूको आहार, स्वास्थ्य र पोसण सम्बन्धि जानकारी संकलन गरेर पोषण स्थिति मुल्यांकनमा स्वास्थ्य र पोषण सम्बन्धि शिक्षा प्रदान गर्नुपर्ने बताए।