उज्यालो नेपाल पार्टीको गण्डकी संयोजकको जिम्मेवारी मनराजलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    उज्यालो नेपाल पार्टीको गण्डकी संयोजकको जिम्मेवारी मनराजलाई

    खबरपुञ्ज संवाददाता

    २९ मंसिर २०८२, सोमबार

    दमौली, २९ मंसिर । उज्यालो नेपाल पार्टीको गण्डकी प्रदेश संयोजकको जिम्मेवारी तनहुँका मनराज गुरुङले पाएका छन् । सोमबार पार्टीले मनराजलाई प्रदेश संयोजकको जिम्मेवारी दिएको हो ।

    यसअघि केन्द्रीय सदस्यसमेत रहेका कुशल गुरुङ नै गण्डकी संयोजकको भूमिकामा थिए । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ का पूर्ववडाध्यक्ष रहेका मनराजले मंसिर १६ गते मात्रै नेपाली कम्युनिष्ट पार्टी परित्याग गरेका हुन् ।

    अखिल क्रान्तिकारी इकाइ कमिटी जनप्रेमी मावि फिरफिरेको अध्यक्ष हुदै माओवादी विचारमा आबद्ध भएका उनले २० वर्ष पार्टीमा बिताए । जेन–जी आन्दोलनमा उठाएका युवाहरुको मुद्वामा पार्टीको भूमिका र नेतृत्व परिवर्तनमा आवाज उठाइरहेका उनी १६ घटक मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेपछि झनै असन्तुष्ट भए । त्यसैको कारण पार्टी छाडेका उनी हप्ता दिन पहिले उज्यालो नेपालमा खुलेका हुन् ।

    उर्जा, जलस्रोत, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङ संरक्षक रहेको पार्टीले शनिबार गण्डकी भेला गरेको थियो । आइतबार मन्त्री घिसिङ तनहुँका विभिन्न कार्यक्रममा सहभागी भए । कार्यक्रम संयोजन गुरुङले गरेका थिए ।