


दमौली, ५ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी व्यास-१ काे सभापतिमा अर्जुन रानाभाट चयन भएका छन् । शनिबार भएकाे अधिवेशनबाट रानाभाटकाे अध्यक्षतामा वडा समिति गठन गरिएकाे छ ।
उप- सभापतिमा विष्णु माया मल्ल, सचिवमा नवराज पौडेल र सदस्यहरुमा राजकुमार श्रेष्ठ, सिद्ध बहादुर चन्द, चीन बहादुर भन्डारी, हस्त बहादुर सार्की, कलावती सापकोटा, मानसिङ दरै, तारा माया राना र एकवाल हुसेन खान चयन भएका छन् ।
वडा अधिवेशनलाई रास्वपा तनहुँका सभापति विश्व बास्ताेला, नगर सभापति चुडामणी दाहाल लगायतले सम्बाेधन गरेका थिए ।
