व्यास नगरपालिका–५ मा रास्वपाको वडा अधिवेशन सम्पन्न, दीपेन्द्र खनाल सभापति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास नगरपालिका–५ मा रास्वपाको वडा अधिवेशन सम्पन्न, दीपेन्द्र खनाल सभापति

    खबरपुञ्ज संवाददाता

    ९ पुष २०८२, बिहीबार

    दमौली, १० पुस । राष्ट्रिय स्वतन्त्र पार्टी व्यास नगरपालिका वडा नम्बर ५ को वडा अधिवेशनले दीपेन्द्र खनालको सभापतित्वमा नयॉ समिति चयन गरेको छ ।

    वडा समितिको सचिवको जिम्मेवारी ऋषिराम उपाध्यायले पाएका छन् भने सदस्यहरुमा बबिन्द्र खनाल, विष्णुहरि मिश्र, कल्पना पाण्डे, लक्ष्मी मिश्र, आकाश सुनाम, सुमित्रा नेपाली, सुन्दर श्रेष्ठ र पूर्ण बहादुर थापामगर चयन भएका छन् ।

    त्यसैगरी, अधिवेशनले सल्लाहकार समिति पनि गठन गरेको छ। सल्लाहकार समितिको संयोजकमा बलभद्र खनाल चयन भएका छन् भने सदस्यहरूमा सूर्य चन्द्र लम्साल, होम नारायण श्रेष्ठ र विष्णु चन्द्र खनाल चयन भएका छन् ।