प्रतिनिधिसभा सदस्य निर्वाचन : नेपाली कम्युनिष्ट पार्टी तनहुँद्वारा २० जना उम्मेदवार सिफारिस
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रतिनिधिसभा सदस्य निर्वाचन : नेपाली कम्युनिष्ट पार्टी तनहुँद्वारा २० जना उम्मेदवार सिफारिस

    खबरपुञ्ज संवाददाता

    ११ पुष २०८२, शनिबार

    दमौली, १२ पुस । नेपाली कम्युनिष्ट पार्टी तनहुँले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारहरूको नाम सिफारिस गरी केन्द्रमा पठाएको छ ।

    पार्टीको केन्द्रीय कार्यालयको निर्देशनअनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीले आज तनहुँ निर्वाचन क्षेत्र नम्बर १ र २ का लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवार सिफारिस गरेको हो ।

    सो पार्टीका नेता एवं कार्यदलका सदस्य सूर्यबहादुर गौलीका अनुसार क्षेत्र नम्बर १ मा पाँच, क्षेत्र नम्बर २ मा पाँच र समानुपातिकतर्फ दश जनाको नाम सिफारिस गरिएको छ ।

    निर्वाचन क्षेत्र नम्बर १ मा विद्यानाथ ढकाल, शुक्र चुमान, रामहरी बजगाइँ, डा. कोपिला पोखरेल र नारायण बहादुर काकी क्षेत्री सिफारिस भएका छन् ।

    निर्वाचन क्षेत्र नम्बर २ बाट बिनिषा आले (नवयुवा÷महिला), विकास नेपाली (युवा), शङ्कर पोखरेल, सोम बहादुर थापा र भुपाल थापा सिफारिस भएका छन् ।

    समानुपातिक प्रणालीअन्तर्गत विभिन्न समुदाय र समूहको प्रतिनिधित्व हुने गरी गीता शाही (खस आर्य महिला), कलिला खान (मुस्लिम महिला), जौमाया वराल सुनार (दलित महिला), मीना अधिकारी (खस आर्य महिला), देवचन्द्र अधिकारी (चार शहीद परिवार), राम बहादुर थापा (आदिवासी जनजाति÷शहीद परिवार), कुल बहादुर गुरुङ (आदिवासी जनजाति पुरुष), सोम बहादुर नेपाली (दलित पुरुष), सीताराम घले परियार (दलित पुरुष) र लक्ष्मी पण्डित (खस आर्य पुरुष) लाई सिफारिस गरिएको छ ।