


दमौली, १८ पुस । नेकपा एमाले तनहुँ निर्वाचन क्षेत्र नम्बर २ क्षेत्रीय कमिटीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ।
क्षेत्रीय कमिटीको बैठकले केदार सिग्देल, किरण गुरुङ, नारायण खनाल, हरिराज कडेल, राजेश्वर ढकाल, रत्ना देवी, बाबुराम सुनार, चन्द्रकला पौडेल, विष्णु अधिकारी पराजुली, रामचन्द्र तथा नरेन्द्र वाग्लेको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको हो।
