बालिका बलात्कारको आरोपमा एक पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    बालिका बलात्कारको आरोपमा एक पक्राउ

    खबरपुञ्ज संवाददाता

    १४ भाद्र २०७७, सोमबार

    पाेखरा : बालिकालाई बलात्कार गरेको आरोपमा कास्की प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पोखराको रामबजारकी ९ वर्षीया बालिका बलात्कृत भएको भन्दै कास्की प्रहरीमा शुक्रबार जाहेरी परेको थियो । 

    जाहेरी परेलगत्तै फरार रहेका आरोपित स्याङजा विरुवा गाउँपालिका वडा नम्बर ७ घर भई पोखरा १० बस्ने ५५ वर्षीय रेसबहादुर गुरुङलाई स्याङ्जास्थित घर नजिकैबाट पक्राउ गरिएको कास्की प्रहरीले जानकारी दिएको छ । 

    स्याङ्जा प्रहरीको सहयोगमा आइतबार राती ८ बजे घर नजिकै लुकिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिनुभयाे ।