काठमाडाै : काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । दुई दिनअघि स्वाब दिनुभएका उहाँलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।
मेयर शाक्यको सचिवालयका अनुसार उहाँकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले स्वाब दिनुभएकाे थियाे । तर, उहाँकी पत्नीलाई भने कोरोना संक्रमण देखिएन । मेयर शाक्यलाई कोरोना संक्रमणको लक्षण देखिएको छैन । उहाँ होम आइसोलेसनमा बस्नुभएकाे छ ।