आँबुखैरेनीमा उज्यालो नेपाल पार्टीका उम्मेदवार मन्जिल रानाको घरदैलो अभियान तीव्र
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीमा उज्यालो नेपाल पार्टीका उम्मेदवार मन्जिल रानाको घरदैलो अभियान तीव्र

    खबरपुञ्ज संवाददाता

    १९ माघ २०८२, सोमबार

    दमौली, १९ माघ । तनहुँ–१ मा उज्यालो नेपाल पार्टीका तर्फबाट उम्मेदवार मन्जिल रानाको पक्षमा आँबुखैरेनी क्षेत्रमा युवाहरू सक्रिय रूपमा प्रचार–प्रसारमा जुटेका छन्। पार्टीको नीति, कार्यक्रम र उम्मेदवार रानाको भिजन जनतासम्म पुर्‍याउने उद्देश्यसहित घरदैलो अभियान तीव्र रूपमा अगाडि बढाइएको छ।

    आँबुखैरेनी गाउँपालिकाका विभिन्न वडाहरूमा युवा टोलीले घर–घरमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेको छ। उनीहरूले स्थानीय समस्याबारे जनताको गुनासो सुन्दै समाधानमुखी राजनीति आवश्यक रहेको सन्देश दिएका छन्। युवाहरूले मन्जिल रानालाई परिवर्तनको संवाहकका रूपमा चित्रण गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी र पर्यटन विकासमा उहाँको स्पष्ट दृष्टिकोण रहेको उल्लेख गरेका छन्।

    घरदैलो अभियानका क्रममा युवाहरूले उज्यालो नेपाल पार्टीले अगाडि सारेको समावेशी विकास, सुशासन र जनउत्तरदायी राजनीतिको अवधारणाबारे जानकारी गराएका छन्।

    युवा नेतृत्वको सक्रिय सहभागिताले अभियानलाई थप प्रभावकारी बनाएको बताउँदै स्थानीय मतदाताहरूले पनि प्रत्यक्ष संवादले उम्मेदवारप्रति बुझाइ स्पष्ट भएको प्रतिक्रिया दिएका छन् ।