


दमौली, २४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठन विस्तारलाई तीव्रता दिँदै व्यास नगरपालिका–१४ मा वडा समिति गठन गरेको छ।
व्यास–१४ मा शनिबार सम्पन्न वडा भेलाबाट यामबहादुर थापाको सभापतित्वमा वडा समिति गठन गरिएको छ । उपसभापतिमा सरस्वती थापा मगर, सचिवमा भेष बहादुर थापा, सदस्यहरूमा
केशु थापा, ओम बहादुर थापा, ज्योति आले, योग माया थापा, टेक बहादुर आले चयन भएका छन् ।
सोही अवसरमा निर्वाचन लक्षित चुनाव प्रचार–प्रसार समितिको सम्पर्क कार्यालय रास्वपा जिल्ला सभापति विश्वनाथ बास्तोलाले शुभारम्भ गरे ।
रास्वपा व्यास नगर सभापति चुडामणि दाहालले नगरका सबै वडामा संगठन विस्तार गरिएको जानकारी दिए ।