कोत्रेमा सवारी दुर्घटनामा चार जना घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कोत्रेमा सवारी दुर्घटनामा चार जना घाइते

    खबरपुञ्ज संवाददाता

    २७ माघ २०८२, मंगलवार

    दमौली, २७ माघ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेमा मङ्गलबार दिउँसो सवारी दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

    दुलेगौडाबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०६४ प ०७८३ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको ग १ ज ४६६७ नम्बरको ट्याक्सी ठक्कर खाँदा चार जना घाइते भएका हुन् । ट्याक्सी पछाडि सरेर ध १ ज ६२४ नम्बरको सामान बोक्ने जीपसँग पुनः ठक्कर खाएको थियो ।

    घाइते हुनेमा ट्याक्सी चालक मकवानपुरको राक्सीडाँडा गाउँपालिका–१ घर भइ हाल कास्की पोखरा महानगरपालिका–५ मालेपाटन बने ३८ वर्षीय सन्देश गोले, मोटरसाइकल चालक कास्कीको पोखरा महानगरपालिका–१४ चाउथे बस्ने १८ वर्षीय समेशकुमार थापा, ट्याक्सीमा सवार तनहुँको व्यास नगरपालिका–१ भादगाउँ बस्ने ४८ वर्षीया इन्दिरा दरै र निजका छोरा २७ वर्षीय हेमन्त दरै रहेको प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए।

    ट्याक्सी चालकको पश्चिम क्षेत्रीय अस्पतालमा र अन्य तीन जनाको आविष्कार अस्पताल पोखरामा उपचार भइरहेको छ ।