परिणाम जे भए पनि राजनीतिक यात्रा रोकिँदैन : भगवती न्यौपाने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    परिणाम जे भए पनि राजनीतिक यात्रा रोकिँदैन : भगवती न्यौपाने

    खबरपुञ्ज संवाददाता

    २१ फाल्गुन २०८२, शुक्रबार

    दमौली, २२ फागुन । तनहुँ–१ बाट नेकपा एमालेका उम्मेदवार भगवती न्यौपानेले विचारमा अडान, निष्ठा र इमान कहिल्यै बिक्री नहुने बताएकी छन्। उनले जनताप्रतिको समर्पणमा कहिल्यै कमी नआउने उल्लेख गर्दै राजनीतिक यात्रा सफलता–असफलताभन्दा पनि निरन्तर संघर्ष र परीक्षाको यात्रा भएको बताएकी हुन्।

    न्यौपानेले सधैं जित हुन्छ भन्ने सोचेर राजनीति नगरेको स्पष्ट पार्दै जीवनभर विभिन्न परीक्षामा सहभागी हुनुपर्ने राजनीतिक यात्रामा आफू निरन्तर अघि बढिरहने बताइन्।

    उनले सफलता र असफलता दुवै स्वीकार्य भए पनि आफ्नो विचार र बाटोबाट विचलित नहुने दृढता व्यक्त गरिन्। आगामी दिनमा पनि जनताप्रतिको जिम्मेवारी र उर्जा उत्तिकै कायम रहने भन्दै उनले सम्पूर्ण समर्थक, मतदाता तथा शुभेच्छुकप्रति आभार तथा हार्दिक धन्यवाद व्यक्त गरेकी छन्।