


दमौली, २३ फागुन । तनहुँ–१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित निश्चित भएपछि गोविन्द भट्टराईले जित निश्चित भएका स्वर्णिम वाग्लेलाई बधाई दिएका छन्।
भट्टराईले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै निर्वाचनमा आफूलाई मत तथा साथ दिने तनहुँवासीप्रति कृतज्ञता व्यक्त गरेका छन्। उनले नेपाली कांग्रेसका नेता-कार्यकर्ता, शुभेच्छुक तथा समर्थकहरूलाई धन्यवाद दिँदै चुनावी यात्रामा प्राप्त साथ र सहयोगको उच्च मूल्यांकन गरेका छन्।
उनले निर्वाचनको नतिजा आफ्नो पक्षमा नआए पनि यसले जनतासँगको सम्बन्ध टुट्ने अर्थ नहुने स्पष्ट पारे। “मलाई मत दिनुभएका तथा नदिनुभएका सबैको दुःख-सुखमा साथ रहनेछु,” उनले उल्लेख गरेका छन्।