प्राप्त जनमतले मुलुकलाई नयाँ दिशातर्फ लैजान्छ : डा. वाग्ले
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्राप्त जनमतले मुलुकलाई नयाँ दिशातर्फ लैजान्छ : डा. वाग्ले

    खबरपुञ्ज संवाददाता

    २२ फाल्गुन २०८२, शनिबार

    दमाैली, २३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं तनहुँ क्षेत्र नम्बर १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले निर्वाचनबाट प्राप्त जनमतले मुलुकलाई नयाँ दिशातर्फ लैजाने बताएका छन् ।

    प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि शनिबार कार्यकर्तामाझ संक्षिप्त सम्बोधन गर्दै वाग्लेले जनताले दिएको अभिमतलाई शिरोधार्य गरेर अगाडी बढ्ने बताए ।

    जनताको भरोसालाई टुट्न नदिने बताउँदै वाग्लेले भने, “जिम्मेवारी ठूलो छ । तनहुँ त आफ्नै ठाउँ भइहाल्यो, दुई पटक ऐतिहासिक विजयी हासिल गराइदिनुभयो त्यसको महत्व, आशा र भरोसालाई लत्याउनेछैन ।”

    डा. वाग्लेले गर्व गर्न लायकको सांसद बन्ने प्रतिबद्धता व्यक्त गर्दै सांसदका कारण शिर निहुराउन नपर्ने गरी काम गर्ने उल्लेख गरे ।