कांग्रेस नेता गोविन्द भट्टराईको लगातार तेस्रो हार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कांग्रेस नेता गोविन्द भट्टराईको लगातार तेस्रो हार

    खबरपुञ्ज संवाददाता

    २३ फाल्गुन २०८२, आईतवार

    दमौली, २४ फागुन । नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले निर्वाचनमा लगातार तेस्रो हार बेहोरेका छन्।

    २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा ‘क’ मा उनी एमालेका रामबहादुर गुरुङसँग पराजित भएका थिए।

    त्यसपछि २०८० सालमा भएको प्रतिनिधिसभा उपनिर्वाचनमा पनि भट्टराईले हार बेहोरे। उक्त निर्वाचनमा उनी रास्वपाका डा. स्वर्णिम वाग्लेसँग पराजित भएका थिए । त्यतिबेला वाग्लेले ३४ हजार ९ सय ११ र भट्टराईले २० हजार १ सय २२ मत पाएका थिए ।

    त्यस्तै २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि भट्टराई पुनः डा. वाग्लेसँग नै पराजित भएका छन्। वाग्लेले ३८०४० मत ल्याउँदा भट्टराईले १६२३१ मत पाएका छन् ।

    यसरी लगातार तीन निर्वाचनमा हार बेहोरेपछि तनहुँ–१ मा भट्टराईको राजनीतिक यात्राबारे विभिन्न राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।