


पोखरा, ३० फागुन । बजारमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गरी सिलिन्डर लुकाउने पोखराको एक फर्मलाई जिल्ला प्रशासन कार्यालय कास्कीले ५० हजार रुपैयाँ जरिवाना गरेको छ । बजारमा ग्यासको अभाव भएको गुनासो बढेपछि प्रशासनले गरेको छड्के अनुगमनका क्रममा कैफियत भेटिएपछि शनिबार उक्त कारबाही गरेको हो ।
पोखरा–६, जरेवरस्थित भण्डारी ट्रेडर्सले ४८ थान भरिएका ग्यास सिलिन्डर लुकाएर राखेको र एउटा सिलिन्डरबाट अर्कोमा ग्यास सार्दै गरेको अवस्थामा तीन थान उपकरणसहित फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए । ‘उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम उक्त ट्रेडर्सलाई तत्कालै ५० हजार रुपैयाँ जरिवाना गरिएको छ,’ उनले भने । अनुगमन टोलीले उक्त पसलमा भेटिएका ४८ थान ठूला र ३८ थान साना ग्यास सिलिन्डरहरू पहिले आउनेलाई पहिलो प्राथमिकताका आधारमा तत्काल उपभोक्तालाई बिक्री गर्नसमेत निर्देशन दिएको छ ।
यसैबीच, ग्यासको आपूर्ति व्यवस्थालाई सहज बनाउन शनिबार नै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले विभिन्न महत्त्वपूर्ण निर्णय गरेको छ । अबदेखि ग्यास उद्योग र बिक्रेताले आफूले प्राप्त गरेको र बिक्री गरेको परिमाणको दैनिक अभिलेख राखेर जिल्ला प्रशासन कार्यालयमा बुझाउनुपर्नेछ