


गोरखा, ३० फागुन । मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको छ ।
शनिबार गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा मनकामनाबाट फर्कंदै गरेको माइक्रो बस सडकबाट करिब २ सय मिटर तल खसेको थियो ।
बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा १४ जना सवार रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, घटनास्थलमा ६ जनाको मृत्यु भएको र अन्य ८ जनाको उद्धार गरिएको छ ।