


दमौली, २ चैत । नेपाली काङ्ग्रेसका तर्फबाट तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार गोविन्द भट्टराईले निर्वाचन खर्च विवरण पेश गरेका छन् । उनले प्रतिनिधि पार्टीका सचिव सहदेव अधिकारीमार्फत् सोमबार निर्वाचन कार्यालयमा खर्च विवरण पेश गरेका हुन् ।
उनले बुझाएको विवरण अनुसार निर्वाचनमा रु २८ लाख ६१ हजार खर्च भएको छ । जसअनुसार मतदाता नामावली खरिदमा रु तीन हजार, मनोनयन दर्तामा रु दश हजार, वडा स्तरीय प्रचारप्रसारमा रु चार लाख २० हजार, पालिकास्तरीय प्रचारप्रसारमा रु एक लाख, प्रचारप्रसार सामग्रीमा रु चार लाख, कार्यालय सञ्चालनमा रु दुई लाख ६० हजार आठ सय दश, नमूना मतपत्र, प्रतिज्ञा पत्र छपाइमा रु दुई लाख ६९ हजार दुई सय, निर्वाचनको दिनमा एजेन्ट खर्चमा रु छ लाख तीन हजार चार सय १६, उम्मेदवारको कोठा भाडा, खानामा रु दुई लाख ६० हजार ८२, यातायात खर्च रु चार लाख २२ हजार ९ सय ६, तेल खर्च रु एक लाख ११ हजार पाँच सय ८४ भएको छ ।
