लागुऔषधसहित एक जना पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    लागुऔषधसहित एक जना पक्राउ

    खबरपुञ्ज संवाददाता

    ५ चैत्र २०८२, शुक्रबार

    दमौली, ६ चैत । तनहुँको शुक्लागण्डकी नगरपालिकामा लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

    जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार शुक्रबार साँझ शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा स्थित पृथ्वीराजमार्गमा चेकिङका क्रममा एक जनालाई नियन्त्रणमा लिइएको हो।

    इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा हिँडिरहेका शुक्लागण्डकी नगरपालिका–२ कोत्रे निवासी ३१ वर्षीय सागर गुरुङलाई चेकजाँच गर्ने क्रममा निजको साथबाट लागुऔषध बरामद गरेको जनाएको छ।

    प्रहरीका अनुसार गुरुङको साथबाट डाईजेपाम ७ एम्पुल, फेनार्गन ७ एम्पुल र ब्रोफोनोर्फेन ७ एम्पुल गरी जम्मा २१ एम्पुल फेला परेको छ। पक्राउ परेका गुरुङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।