


गोरखा, ११ चैत । मनकामना केबलकार सेवा एक दिनका लागि बन्द रहने भएको छ।
केबलकार व्यवस्थापनले जारी गरेको सूचनाअनुसार चैत १६ गते सोमबार टावर मर्मत कार्यका कारण सेवा पूर्ण रूपमा बन्द रहनेछ।
प्राविधिक मर्मतसम्भार कार्य सम्पन्न भएपछि केबलकार सेवा चैत १७ देखि पुनः नियमित रूपमा सञ्चालनमा आउने जनाइएको छ।
यद्यपि, बटम स्टेशनमा रहेको रेस्टुरेन्ट सेवा भने सोही दिन पनि यथावत सञ्चालन हुने जानकारी दिइएको छ।