सरकारको प्राथमिकता सुशासन र आर्थिक पुनर्संरचनाः डा वाग्ले
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सरकारको प्राथमिकता सुशासन र आर्थिक पुनर्संरचनाः डा वाग्ले

    खबरपुञ्ज संवाददाता

    ११ चैत्र २०८२, बिहीबार

    काठमाडौँ, १२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले सरकारको अबको प्राथमिकता सुशासन र आर्थिक पुनर्संरचना रहेको बताएका छन् । बिहीबार नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ कार्यक्रममा उपस्थित भएका उनले अब बन्ने सरकारको प्राथमिकता गुणस्तरीय पुनर्निर्माणसँगै सुशासन कायम गराउनु रहेको धारणा राखे ।

    गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी १८२ सिटसहित संसद्मा पुगेको छ ।