लुम्बिनी प्रदेश सांसद शर्मा पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    लुम्बिनी प्रदेश सांसद शर्मा पक्राउ

    खबरपुञ्ज संवाददाता

    १५ चैत्र २०८२, सोमबार

    काठमाडौ, १६ चैत । प्रहरीले एमाले लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मालाई पक्राउ गरेको छ । उनलाई आइतबार राति ११ बजे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको धुम्बाराहीस्थित निवासबाट पक्राउ गरेको हो । 

    शर्माका पारिवारिक सदस्यले पुर्जी बिना पक्राउ गरिएको र औषधिसमेत बोक्न नदिएको आरोप लगाएका छन् ।

    प्रधानमन्त्री बालेन्द्र शाहले यसअघि काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रश्न उठाएपछि उनको मुद्दा चर्चामा आएको थियो । 

    प्रदेश सांसद शर्माविरुद्ध २०८१ सालमै जिल्ला प्रहरी परिसर, काठमाडौंमा बालबालिकाविरुद्धको कसुर मुद्दामा जाहेरी दर्ता भएको थियो । तर, अनुसन्धानमा प्रहरीले ढिलाइ गरेपछि काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख शाहले तत्कालीन प्रधानमन्त्री ओलीमाथि नै आक्रोश पोखेका थिए ।शर्मामाथि त्यसबेला ६ वर्षदेखि एक बालिकालाई घरेलु कामदारमा राखी दुर्व्यवहार गर्दै आएको भन्दै जाहेरी परेको थियो ।