


एजेन्सी, २६ चैत । इजरायल र हिजबुल्लाहबीचको द्वन्द्वले उग्र रूप लिँदा बुधबार लेबनानमा ठूलाे मानवीय क्षति भएको छ। इजरायलले राजधानी बेरुतसहित देशका विभिन्न भागमा गरेको तीव्र हवाई हमलामा कम्तीमा १८२ जनाको मृत्यु भएको छ भने ८९० भन्दा बढी घाइते भएका छन्।
लेबनानी स्वास्थ्य मन्त्रालयले यो तथ्याङ्क प्रारम्भिक भएको र भग्नावशेषहरूमा खोजी कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने चेतावनी दिएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनका अनुसार,आक्रमणमा मारिएका ‘निशस्त्र र शान्तिप्रिय नागरिक’ हरूको सम्मानमा लेबनानी प्रधानमन्त्री नवाफ सलामले बिहीबार देशभर राष्ट्रिय शोकको घोषणा गरेका छन्। प्रधानमन्त्री सलामले हिंसा रोक्नका लागि अरब र अन्तर्राष्ट्रिय अधिकारीहरूसँग निरन्तर संवाद गरिरहेको समेत बताएका छन्।