


दमाैली, १० वैशाख । एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठान नेपालकाे आयाेजनामा नेपाल कम्यूनिष्ट पार्टी स्थापना दिवसको सन्दर्भमा ” नेपाल कम्यूनिष्ट पार्टी स्थापना दिवस: विचार, संघर्ष र भविष्य” विषयक अन्तरक्रिया कार्यक्रम बिहीबार सम्पन्न भएकाे छ ।
प्रतिष्ठानका अध्यक्ष बिष्णु भक्त सिग्देल द्वारा ” नेपाल कम्यूनिष्ट पार्टी स्थापना दिवस: विचार, संघर्ष र भविष्य” विषयक अवधारणा पत्र प्रस्तुत गरेका थिए। उक्त कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सचिव, गण्डकी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री खगराज अधिकारी, नेपाली कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य गण्डकी प्रदेश सरकारका पुर्वमन्त्री हरिबहादुर चुमान, संविधान सभा सदस्य नेकपा एमालेका पोलिटब्युरो पुर्व सदस्य टुकराज सिग्देल, नेकपा एमालेका नेता प्रताप लाल श्रेष्ठ, नेपाली कम्यूनिष्ट पार्टी केन्द्रीय सदस्य पूर्वमन्त्री आशा कोइराला, नेपाली कम्यूनिष्ट पार्टी केन्द्रीय सदस्य राजेन्द्र केसरी न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति विश्व वास्तोला, नेपाली कांग्रेस तनहुँका सचिव सहदेव अधिकारी, नेकपा एमाले तनहुँका अध्यक्ष हरिराज कडेल लगायतले धारणा राखेका थिए ।