११ औं टिम नेपो स्थापना दिवसको अवसरमा मानुङ्गकोटमा सरसफाई कार्यक्रम सम्पन्न
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ११ औं टिम नेपो स्थापना दिवसको अवसरमा मानुङ्गकोटमा सरसफाई कार्यक्रम सम्पन्न

    खबरपुञ्ज संवाददाता

    १ जेष्ठ २०८३, शनिबार

    दमौली, २ जेठ । ११ औं टिम नेपो स्थापना दिवसको अवसरमा टिम नेपो तनहुँका अध्यक्ष मनिषा आले अध्यक्षतामा व्यास नगरपालिका–५, तनहुँस्थित मानुङकोटमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ।

    कार्यक्रममा गण्डकी प्रदेश संयोजक एवं टिम नेपो तनहुँका संस्थापक अध्यक्ष सुजन लौडारी, पूर्व अध्यक्षहरू गोविन्द तिमिल्सेना, मिन बहादुर कुँवर, रवि अधिकारी, वर्षा सारु, पवित्रा भुजेल पौडेल, राजु श्रेष्ठ लगायत सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको संयोजन टिम नेपो तनहुँका सचिव सन्तोष ओझा तथा पार्टनरसिप को-अर्डिनेटर अप्सरा लामा शाहले गरेका थिए ।

    क्लवले स्थानीयस्तरदेखि राष्ट्रियस्तरसम्म सामाजिक, वातावरणीय तथा युवामैत्री गतिविधिहरूलाई निरन्तरता दिँदै आएको छ।