


दमाैली, ४ जेठ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड दमौली शाखाद्वारा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी कार्यालय दमौली तनहुँलाई हिरासत कक्षामा हिरासतमा बसेका व्यक्तिहरूलाई सहयोगार्थ एक थान ४३ इन्चको स्मार्ट टेलिभिजन जिल्ला प्रहरी प्रमुख टेकबहादुर कार्कीलाई हस्तान्तरण गरेको छ ।
उक्त कार्यक्रममा बैंकका तर्फबाट बैंकको प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकी, सहायक महाप्रबन्धक संयुक्त बहादुर धाख्वा र दमौली शाखा प्रमुख सुदिप न्यौपानेले संयुक्तरूपमा जिल्ला प्रहरी प्रमुख टेकबहादुर कार्कीलाई उक्त ४३ इन्चको स्मार्ट टेलिभिजन हस्तान्तरण गरेका थिए ।
प्रशासनिक कार्यलाई थप व्यवस्थित बनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले बैंकले यो सहयोग प्रदान गरेको हो । आगामी दिनहरुमा पनि बैकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्ने प्रतिबद्धता बैंकका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकीले जनाएका छन्।
यस स्मार्ट टेलिभिजनले हिरासत कक्षमा बसेका व्यक्तिहरूलाई हिरासत कक्षमा बसुन्जेल समाचार तथा अन्य कार्यक्रम टेलिभिजन मार्फत हेर्दा बस्नलाई निकै सहयोग पुग्ने जिल्ला प्रहरी कार्यालय प्रमुख टेकबहादुर कार्कीले बताए ।