भूमि समस्या समाधान समितिको अध्यक्षमा बलभद्र बास्तोला नियुक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    भूमि समस्या समाधान समितिको अध्यक्षमा बलभद्र बास्तोला नियुक्त

    खबरपुञ्ज संवाददाता

    १८ जेष्ठ २०८३, मंगलवार

    काठमाडाै १९ जेठ । सरकारले भूमि समस्या समाधान समितिको अध्यक्षमा बलभद्र बास्तोलालाई नियुक्त गरेको छ ।

    आज बसेको मन्त्रिपरिषद्‌को बैठकले बास्तोलालाई सो पदमा नियुक्त गरेको हो ।

    त्यस्तै, सरकारले सो समितिको सदस्यमा अमिरप्रसाद न्यौपाने, पद्मिनी सोती र डा. रोहना श्रेष्ठलाई नियुक्त गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।