


दमौली, २४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँको जिल्ला अधिवेशन अन्तर्गत सभापति, उपसभापति र सहसचिव पदमा मात्रै निर्वाचन हुने भएको छ । अन्य सबै पदमा भने सर्वसम्मत चयन भएको छ।
सभापति पदका लागि विश्वनाथ बास्तोला र डा. शेषरमण न्यौपानेबीच प्रतिस्पर्धा हुने भएको छ। त्यसैगरी उपसभापति पदमा विष्णुबहादुर पन्त र पदमराज न्यौपाने उम्मेदवार रहेका छन्।
सहसचिव पदका लागि पदमबहादुर सुनार र दुर्गाकुमार श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन्।
अधिवेशन अन्तर्गत सचिव, सदस्य तथा क्षेत्रीय संयोजकसहितका अन्य पदमा भने सर्वसम्मत नेतृत्व चयन गरिएको छ। नेतृत्व चयनका लागि हुने मतदान र मतगणनापछि नयाँ जिल्ला कार्यसमितिको टुंगो लाग्नेछ।