केप भर्डेलाई ऐतिहासिक सफलता, अपराजित रहँदै नकआउटमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    केप भर्डेलाई ऐतिहासिक सफलता, अपराजित रहँदै नकआउटमा

    खबरपुञ्ज संवाददाता

    १२ असार २०८३, शनिबार

    काठमाडौं १३ असार । फिफा विश्वकप २०२६ मा पहिलो पटक सहभागी रहेको केप भर्डे नकआउट चरणमा पुगेको छ ।

    समुह ‘एच’मा अपराजित रहँदै उपविजेताका रूपमा नकआउट चरणमा पुगेको हो । यो समुहबाट ७ अंक बटुल्दै स्पेन समुह विजेता बन्यो ।

    शनिबार सम्पन्न अन्तिम खेलमा पनि केप भर्डेले साउदी अरेबियासँग बराबरी खेल्दै ३ अंक जुटायो । यसअघि केप भर्डेले स्पेन र उरुग्वेसँग पनि बराबरी खेलेको थियो ।

    शनिबारै भएको अर्को खेलमा स्पेनसँग १–० गोल अन्तरले पराजित भएको उरुग्वे भने समुह चरणबाटै बाहिरियो ।