तनहुँमा १७९ भारतीय चालकलाई सडक सुरक्षा सचेतना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा १७९ भारतीय चालकलाई सडक सुरक्षा सचेतना

    खबरपुञ्ज संवाददाता

    १४ असार २०८३, सोमबार

    दमौली, १५ असाप । तनहुँ जिल्लामा प्रवेश गर्ने १७९ जना भारतीय सवारी चालकलाई सोमबार सडक सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरी सडकको अवस्था, सुरक्षित गति, मौसमको अवस्था तथा ट्राफिक नियमको पालना सम्बन्धी जानकारी प्रदान गरिएको छ।

    सोमबार बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म इलाका प्रहरी कार्यालय बेलचौताराबाट ९२ जना र इलाका प्रहरी कार्यालय आबुखैरेनीबाट ८७ जना भारतीय चालकलाई सचेतना प्रदान गरिएको हो।

    पछिल्लो समय राजमार्गमा भारतीय सवारीसाधनको अत्याधिक चाप रहेको र दुर्घटनाको जोखिम बढेकाले सचेतनामूलक कार्यक्रमलाई जोड दिइएको प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

    चालकहरूलाई सुरक्षित गति कायम गर्न, सवारी चलाउँदा पर्याप्त दूरी राख्न, ट्राफिक नियमको पूर्ण पालना गर्न तथा मौसमअनुसार सावधानी अपनाउन आग्रह गरिएको छ।

    जिल्ला प्रहरी कार्यालय तनहुँले सडक दुर्घटना न्यूनीकरण र सुरक्षित यात्राको वातावरण निर्माणका लागि यस्ता सचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाएको छ।