भादगाउँ खानेपानी संस्थाको निर्वाचन कार्यक्रम पुनः सुचारु, असार १८ मनोनयन दर्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भादगाउँ खानेपानी संस्थाको निर्वाचन कार्यक्रम पुनः सुचारु, असार १८ मनोनयन दर्ता

    खबरपुञ्ज संवाददाता

    १६ असार २०८३, बुधबार

    दमाैली १७ असार । भादगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, व्यास नगरपालिका–१, तनहुँको आठौं अधिवेशन अन्तर्गत स्थगित गरिएको निर्वाचन प्रक्रिया पुनः सुचारु भएको छ। निर्वाचन समितिले सूचना जारी गर्दै अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको सम्पूर्ण निर्वाचन कार्यक्रम असार १८ गते बिहीबार दिउँसो २ बजेदेखि पुनः सञ्चालन गरिने जनाएको छ।

    निर्वाचन संयोजक केशव भट्टराईद्वारा जारी सूचनाअनुसार असार १३ गते बसेको निर्वाचन समितिको बैठकले निर्वाचन कार्यतालिका स्थगित गर्ने निर्णय गरेको थियो। अब भने निर्धारित कार्यतालिकाअनुसार उम्मेदवारी दर्तालगायतका कार्यक्रम पुनः अघि बढाइने भएको हो।

    May be an image of blueprint, ticket stub and text

    निर्वाचन समितिले सार्वजनिक गरेको संशोधित कार्यतालिका अनुसार असार १८ गते दिउँसो २ बजेदेखि २ः३० बजेसम्म उम्मेदवारी तथा मनोनयनपत्र दर्ता गरिनेछ। त्यसपछि दिउँसो २ः३० बजेदेखि ३ बजेसम्म उम्मेदवारीमाथि दाबी–विरोध दर्ता गर्ने समय तोकिएको छ भने ३ बजेदेखि ३ः१५ बजेसम्म दाबी–विरोधमाथि छानबिन गरिनेछ।

    त्यसैगरी उम्मेदवारी फिर्ताको समय असार १९ गते बिहान १०ः३० बजेसम्म निर्धारण गरिएको छ। उम्मेदवारहरूको अन्तिम नामावली सोही दिन बिहान १०ः३० बजे प्रकाशित गरिने निर्वाचन समितिले जनाएको छ।

    मतदान कार्यक्रम असार १९ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ। मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गरिनेछ भने मतगणना सकिएपछि अन्तिम परिणाम घोषणा गरिनेछ।

    यसअघि मतदाता नामावली प्रकाशन, दाबी–विरोध, छानबिन तथा अन्तिम मतदाता नामावली प्रकाशनलगायतका प्रक्रिया असार ६ गते नै सम्पन्न भइसकेका छन्।